४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वाणगंगाका स्वास्थ्य चौकीमा खोपको स्थितीमा सुधार



दीपा महत, वाणगंगा । 

वाणगंगा नगरपालिका अन्तरगत रहेका ६ वटा स्वास्थ्य चौकीमा खोपको स्थिती गत वर्षको भन्दा सुधार देखिएको छ । विहीबार राजापानीमा भएको पूर्ण खोप नगरपालिका सुनिश्चितता तथा दिगोपन सम्बन्धी नगरस्तरीय गोष्ठीमा विभिन्न स्वास्थ्य चौकी प्रमुखले प्रस्तुत गर्नुभएको प्रगती अनुसार खोपको स्थितीमा सुधार देखिएको हो ।

गोष्ठीमा बोल्दै नगर प्रमुख मंगलप्रसाद थारुले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै कार्यक्रममा बोल्ने वडा अध्यक्षहरुले पनि स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिने बताउनु भएको छ ।

कार्यक्रममा उपमेयर चक्र अर्याल, पिपरा अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर ज्ञानहरी मरासिनी, सम्पूर्ण स्वास्थ्य शाखाका प्रमुख, खोप स्वास्थ्य कार्यकर्ता लगायतको उपस्थिती रहेको नगरका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभएको छ ।

कार्यक्रम मेयर थारुको अध्यक्षता, स्वास्थ्य शाखा संयोजक कृष्ण घिमिरेको स्वागत मन्तब्य र मोतीपुर स्वास्थ्य चौकीका प्रमुख रामप्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको हो । गोष्ठीमा स्वास्थ्य फोकल पर्सन कृष्ण ज्ञवालीले प्राविधिक जानकारी गराउनु भएको थियो ।

सो अवसरमा मोतीपुर स्वास्थ्य चौकीका प्रमुख रामप्रसाद गौतम, भलवाड स्वास्थ्य चौकीका जितविकास रायमाझी, हथौसाका मुमकला भुषाल, कोपवाका ठगराज पौडेल, गजेहडाका रामसरण यादव र पटना स्वास्थ्य चौकीका प्रमुख  कासीराम रेग्मीले स्वास्थ्य चौकीमा खोपको स्थिती बारे जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७५ शुक्रबार ००:००  १२ : ३४ बजे