४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

लैंगिक हिंसा नगर्ने र हुनपनि नदिने भन्दै चन्द्रौटामा हस्ताक्षर संकलन सुरु



गीता पौडेल, चन्द्रौटा ।
“लैंगिक हिंसा र दुव्यबहार छैन हामिलाई स्विकार” भन्ने मुल नाराका साथ म्हिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत विहीबार शिबराज नगरपालिकाको चन्द्रौटामा सहज नेपालले हस्ताक्षर कार्यक्रम समपन्न गरेको छ ।
सहज नेपालले ब्यानरमा म हिंसा गर्दीन, हिंसा सहन्न र आफु कार्यरत संस्थामा हिंसा हुन दिन्न भन्ने शब्द उल्लेख गरि शिबराज नगरपालिकाको सहयोगमा बिभिन्न संघ संस्था तथा ब्यक्तिले हस्ताक्षर गरेको आयोजक संस्थाले बताएको छ ।
हस्ताक्षर कार्यक्रममा सहभागी हुंदै शिबराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले लैगिक समानताका लागि आफैबाट अभियान सुरुवात गर्न सबैलाई आग्रह गर्नुभयो ।
अधिकारीले शिबराज नगरपालिका भित्र कोही पनि हिंसाको सिकार बन्न नपरोस भन्दै यदि कहिं कसैले हिंसा गरेमा पिडितले कानुनी न्याएका लागि प्रक्रिया अंगाडी बढाउन अनुरोध गर्नु भएको छ । नगर प्रमुख अधिकारीले हिंसाबाट पिडीत जो कोहीलाई पनि न्याएका लागि प्रक्रिया अंगाडी बढाउँदा आबश्यक पर्ने सहयोग नगरपालिकाले गर्ने प्रतिबद्धता गर्नुभयो ।
त्यस्तै कार्यक्रमका अतिथि महिला मानव अधिकार रक्षक संजालका कपिलबस्तुका अध्यक्ष मिना परियारले भर्खरै ओरेक नेपालले सार्बजनिक गरेको डाटा अनुसार ८६ प्रतिशत महिलाहरु हिंसाबाट पिडीत छन र त्यस भित्र पनि ५६ प्रतिशत महिलाहरु घरेलु हिंसा बाट पिडीत भएको महिला मानब अधिकार रक्षक संजाल कपिलबस्तुका अध्यक्ष मिना परियारले बताउनुभयो ।
मानब अधिकार प्रतिस्ठान कपिलबस्तुका अध्यक्ष बिष्णु प्रसाद खतिवडाले शिबराज नगरपालिकाको सहयोगमा बिभिन्न संस्थाहरुको समनयमा लैगिंक हिसां अन्तयका लागि बिभिन्न कार्यक्रम गरिएको बताउनु भएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७५ शुक्रबार ००:००  १२ : ३१ बजे