४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ए डिभिजन लिगमा बीबीसी र मछिन्द्रले अंक बाँडे



काठमाडौं । 

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब ९बीबीसी० र मछिन्द्र क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार सम्पन्न खेलमा दुबै टिमले बराबरी खेल्दै अंक बाँडेका हुन् । दुबै टिमले एकपछि अर्को गोल गर्ने राम्रो अवसर खेर फालेका थिए ।

मछिन्द्रले यो बराबरीसँगै अहिलेसम्मका ६ खेलमा जित हात पार्न सकेको छैन । मछिन्द्रको यो तेस्रो खेलमा बराबरी हो । यता, बीबीसीको भने यो पहिलो बराबरी खेल हो । बीबीसीले ६ खेलमध्ये चार खेलमा पराजित एक खेलमा जित र एक खेलमा बराबरी खेल्दै चार अंक बनाएको छ ।

बीबीसी लिगको १२औं स्थानमा रहंदा कुनै पनि खेल जित्न नसकेको मछिन्द्र ६ खेलबाट तीन अंक बनाएर लिगको १३औं स्थानमा छ ।

 

प्रकाशित मिति : २० मंसिर २०७५ बिहिबार ००:००  ५ : ०४ बजे