४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तुबाट रुपन्देही पुग्दा ‘प्रचण्ड’ को जिब्रो फेरियो !



चन्द्रकान्त न्यौपाने, भैरहवा । 
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ५ को राजधानी लुम्बिनी नै उपयुक्त दोहोराउनु भएको छ । प्रदेश पाँचको नामाकरण ढिला भइरहेको जनगुनासो बढीरहेका बेला दाहालले प्रदेश ५ को नाम लुम्बिनीभन्दा उपयुक्त अरु नहुने बताउनु भयो । आज(बिहीबार) सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा भैरहवामा आयोजित लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ‘लुम्बिनी सबै क्षेत्र, वर्ग, धर्म, सामुदायको आस्थाको केन्द्र हो’, उहाले भन्नुभयो– ‘लुम्बिनीको नामबाट प्रदेशको नामकरण गर्दा सबैको गरिमा बढ्छ ।’उहाँले लुम्बिनीमा शान्तिको खोजीमा सबै धर्म, वर्ग, सामुदायको आगमन हुने भएकाले लुम्बिनीलाई विश्व शान्तिको रुपमा विकास गर्नुपर्ने बताउनु भयो ।

केहीदिन अघि कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको १० औँ कपिलवस्तु महोत्सवको उद्घाटन गर्दा पनि दाहालले प्रदेश ५ को राजधानी लुम्बिनी उपयुक्त हुने बताउनु भएको थियो । दाहालले प्रदेश ५ को नामाकरण सम्बन्धमा एउटै विचार राखे पनि स्थायी मुकामका सम्बन्धमा जिब्रो फेर्नु भएको छ ।
भैरहवाको सोही कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दाहालले बोली फेर्नु भएको हो । ३ दिनअघि कपिलवस्तुमा आएर दाहालले प्रदेश ५ को नाम लुम्बिनी र राजधानी पनि तिलौराकोट राखिनु पर्नेे बताउँदै यसको लागि आफूले शीर्ष तहमा वहस चलाउनु आश्वासन दिनुभएको थियो । तर आज भने उहाँले हाल कायम रहेका प्रदेशका राजधानीलाई अन्यत्र सार्दा धैरै समस्या हुने भन्दै अहिले जे छ त्यसैलई निरन्तरता दिनु पर्ने बताउनु भएको छ ।

दाहालले अबको दश बर्षसम्म तोकिएका स्थानमा राजधानी गराउँदा उपयुक्त हुने बताउँदै भन्नुभयो–“हाल कायम रहेका अधिकांश प्रदेशका राजधानी परिवर्तन गर्न दबावरसुझाव आएका छन्,उो सम्भव छैन । यसल झन् किचलो निम्त्याउँछ । ”

दाहालले प्रदेश पाँचको राजधानीको नामकरण लुम्बिनी प्रदेश राखेमा कसैको आपत्तिको विषय नहुने उल्लेख गर्नु भयो । सरकारको सम्बन्धमा भने दाहालले ऐन नियम र कानुन निर्माण समय खर्चिनु परेकाले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभयो । उहाँले कमी भएको विषयलाई सुधार गर्दै जाने र गरेका राम्रा कामलाई समर्थन गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो । सरकारले केही नगरेको भन्ने विषय गलत भएको दाहालको टिप्पणी छ ।

प्रकाशित मिति : २० मंसिर २०७५ बिहिबार ००:००  १ : ५३ बजे