४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पाल्पामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु



पाल्पा ।
पाल्पामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बगनाशकाली ५ दर्लमडाँडाका ४७ वर्षीय टेकबहादुर खाम्चा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। माथागढी तीन सराइबाट बाँसटारीतर्फ आउँदै गरेको लु ४ प ९०४८ नम्बरको मोटरसाइकलले मदन पोखराको दमकडामा बुधबार साँझ खाम्चालाई ठक्कर दिएको थियो।
गम्भीर घाइते खाम्चाको लुम्विनी मेडिकल कलेज प्रभारसमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले बताए।
सडक छेउमा हिड्दै गरेका खाम्चालाई मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले बताए। त्यसैगरी करेण्ट लागेर एकजना घाइते भएका छन्। बिहीबार बिहान तानसेनको बसपार्कमा घरको वायरिङ गर्ने क्रममा करेण्ट लागेर नवलपरासीको सरावल गाउँपालिका ४ का २० वर्षीय नेमराज हरिजन घाइते भएको प्रहरीले जनाएको छ। उनको युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २० मंसिर २०७५ बिहिबार ००:००  १० : १६ बजे