धनुषा ।
जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको अभियोगमा रत्नसागर मठका महन्त बैकुण्ठ दास पक्राउ परेका छन् । केहि दिन अघि जिल्ला अदालत धनुषाले पक्राउ गर्ने आदेश दिएपछि फरार रहेका महन्त बैकुण्ठ दास बुधबार काठमाडौंबाट पक्राउ परेका हुन ।
लुकेर बस्दै आएका दासलाई प्रहरीले बुधबार साँझ काठमाडौंको कमलपोखरीबाट अपराध अनुसन्धान व्यूरो र जनकपुर प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरेको एसएसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।
हजारी जनक संस्कृत विद्यापीठका महन्त दासले नक्कली लालपूर्जा बनाएर जमिन बेचेको भन्दै एक व्यक्तिले आफ्नो जग्गा भएको दाबीसहित धनुषा जिल्ला अदालतमा मुद्दा हालेका थिए । त्यही मुद्दामा सुनुवाई गर्दै अदालतले दासलाई पक्राउ गर्न गएको शुक्रबार आदेश जारी गरेको थियो ।
२० मंसिर २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया