८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नेपालगञ्जका दुई मेडिकलमा आगलागी



नेपालगञ्ज ।
नेपालगञ्जका दुई मेडिकलमा आगलागी भएको छ । नेपालगञ्ज मेडिकल कलेजको प्रवेशद्वार नजिकै रहेका माया र सफा मेडिकल हलमा बुधबार राति १० बजे आगो लागेको हो । दमकल र प्रहरीले आगो दुई घण्टापछि निभाएका थिए ।
बिजुली तार सर्ट भएर आगो लागेको आशंका गरिएको छ । आगलागीबाट झण्डै एक करोडको क्षति भएको छ । मेडिकल सञ्चालकले दिएको जानकारी अनुसार, सफा मेडिकलमा ४० लाख र माया मेडिकल हलमा ५० लाख बराबरको क्षति भएको छ ।
आगलागी हुँदा सटर बन्द थिए । बन्द सटरमा एक्कासी आगो लागेपछि छिमेकीले देखेर प्रहरीलाई खबर गरेका थिए । दमकल र प्रहरीले आगो निभाएका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७५ बिहिबार ००:००  ६ : ३७ बजे