८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मार्क जुकरबर्गको गोप्य इमेलसहितका जानकारी सार्वजनिक



एजेन्सी ।
फेक न्युजका सम्बन्धमा बेलायती संसदले गरिरहेको अनुसन्धानको क्रममा लुकाइएको तर फेसबुकबाट जफत गरिएका जानकारीहरु प्रकाशित भएका छन ।
यसमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकरबर्गले सोसल नेटवर्कका कर्मचारीलाई पठाएका इमेल पनि समावेश छ । एक सफ्टवेयर फर्मबाट इमेलहरु प्राप्त भएको बेलायती सांसदले बताएका छन ।
झण्डै २५० पृष्ठको जानकारी प्रकाशित भएको हो । यसरी सार्वजनिक गरिएका केही जानकारी वा इमेल निकै गोप्य र संवेदनशिल रहेका छन । फेसबुकले यसरी जानकारी सार्वजनिक गरिएकोमा आपत्ति जनाएको छ ।अनुसन्धानको नेतृत्व गरिरहेका सांसद ड्यामिएन कोलिन्सका अनुसार फेसबुकले केही कम्पनीहरुलाई प्रयोगकर्ताका जानकारीमा पूर्ण पहुँच दिएको पाइएको छ ।
यस्तै अपडेटेड एन्ड्रोइड एप्लिकेनले प्रयोगकर्ताको जानकारी संग्रहित गर्छ भन्ने फेसबुकलाई थाहा रहेको पनि उनले बताएका छन । यसरी जानकारीमा पहुँच वा जानकारी उपलब्ध गराएबापत हुने आर्थिक लाभका बारेमा अनुसन्धान हुन बाँकी नै रहेको पनि बताइएको छ । फेसबुकले भने जानकारीहरुलाई निकै भ्रमित पार्ने तरिकाले प्रस्तुत गरिएको आरोप लगाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७५ बिहिबार ००:००  ६ : ३६ बजे