४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु



काठमाडौं ।
भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोकका कुमार श्रेष्ठको ज्यान गएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन ।
बुधबार राति बा ९३ प १४१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकको रेलिङमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको सूर्यविनायक बस्दै आएका सिन्धुपाल्चोक जुगल गाउँपालिका– ४ का २३ वर्षीय कुमार श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार २५ वर्षका राजकुमार श्रेष्ठको नागरिक अस्पताल भक्तपुरमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७५ बिहिबार ००:००  ६ : २२ बजे