४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आयोनको आयोजनामा सामुदायिक सवलीकरणमा स्वयंसेवक कार्यक्रम



थानेश्वर अधिकारी, वाणगंगा ।
बिश्व स्वयंसेवक दिवशको अवसरमा नेपाल युवा संस्था संजाल (आयोन)को आयोजनामा सैनामैना नगरपालिका रुपन्देहीमा सामुदायिक सवलीकरणमा स्वयंसेवक बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
युएन, भिएओ, रेलिज इन्टरनेशनलको सहयोग रहेको सो कार्यक्रम सात वटै प्रदेशमा सम्पन्न भएको छ । कार्यक्रम डब्लु. एच.ओ.का बिज्ञ नमराज खत्रीले स्वयं सेवक को हो र किन ? विपत व्यवस्थापनका चरणहरु, जलवायु परिवर्तन सम्बन्धमा सहजीकरण गर्नुभएको थियो । तीन वटा शत्रमा संचालन गरिएको सो कार्यक्रमको दोस्रो शर्तमा प्यानल ग्रुप छलफल गरिएको थियो ।
कार्यक्रममा प्यानालिस्टको रुपमा सैनामैना नगरपालिकाका योजना प्रमुख तथा नगरस्तरिय बिपत व्यवस्थापन समितिका सदस्य सचिव सुरज न्यौपाने र सामाजिक अगुवा रामप्रसाद अधिकारीले बिपत व्यवस्थापनमा युवाको भुमिका तथा नगरपालिकाको योजना सम्बन्धमा प्रकाश पार्नुभएको सो कार्यक्रमको मध्यस्त कर्ता बिज्ञ नमराज खत्रीले गर्नुभएको थियो ।
कार्यक्रमको तेस्रो सत्रमा सहभागीहरुले सामाजिक भावले ओत प्रोत भइ स्वयंसेवक रुपमा काम गर्दाको अनुभव आदान प्रदान गरेका थिए । सो कार्यक्रम जुनियर रेडक्रसका नगर अध्यक्ष महेश अधिकारी, प्रियंका भण्डारी र सुरेश परियारले स्वयंसेवक भइ सामाजिक क्षेत्रमा काम गर्दाका कथा र व्यथाहरु प्रस्तुत गरेक थिए ।
साथै कार्यक्रममा सहभागीहरुले स्वयंसेवक युवाहरुले सरकारलाई ध्यानआकर्षण गराउन मागपत्र समेत तयार पारेका छन् सो मागपत्र स्थानीय सरकार र प्रदेश सरकारलाई बुझाउने तयारी रहेको कार्यक्रममा सहभागी महेश अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा आयोनका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक निरज बागले कार्यक्रमको उद्देश्य र आयोनले संचालन गरेका गतिबिधिका बारेमा प्रस्ट पार्नुभएको थियो । बिभिन्न क्षेत्रबाट गरी कुल ३० जनाको सहभागीता रहेको सो कार्यक्रम निरज बागको अध्यक्ष, बिज्ञ नमराज खत्री, इलाका प्रहरी कार्यालय मुर्गियाका प्रमुख प्रहरी निरिक्षक केशव बहादुर बस्नेत र सामाजिक अगुवा रामप्रसाद अधिकारीको आथित्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण आयोन प्रदेश संयोजक थानेश्वर अधिकारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७५ बिहिबार ००:००  २ : ४४ बजे