४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तु महोत्सव : चार हजार दर्शकद्धारा अवलोकन, आठ लाखको कारोबार



मायादेवी अनलाइन, वाणगंगा ।
मंगलबार मंसिर १८ गते देखि शुरु भएको दशौं कपिलवस्तु महोत्सवमा दर्शकको चहलपहल बढ्दो छ । महोत्सवको बुधबार दोस्रो दिन भएपनि दर्शकहरुको भने उलेख्य सहभागीता देखिएको थियो ।
महोत्सव सचिवालयका अनुसार बुधबार मात्रै ४ हजार दर्शकले मेलाको अवलोकन गरेका छन भने ८ लाख बराबरको आर्थिक कारोबार भएको छ । महोत्सवका मिडिया संयोजक हरि अधिकारीका अनुसार आजभन्दा भोलीका दिनहरुमा दर्शकको संख्या थप बढ्ने र आर्थिक कारोबारहरु पनि बढ्ने अपेक्षा छ ।
महोत्सवमा बुधबार जनगायक जीवन शर्माले प्रस्तुती दिनुभएको थियो भने लोक तथा दोहोरी गायिका विष्णु ठडराईले प्रस्तुती दिएका थिए भने महोत्सवको अर्को आकर्षण आठौं डान्स आइडलमा १७ जनाले प्रस्तुती देखाएका छन । डान्स आइडल संयोजक विरेन्द्र खाँणका अनुसार दर्शकको भोट र जजको आधारमा बिहीबार दुई जना स्टेजबाट विदा लिनेछन भने बाँकी १५ जनाले प्रस्तुती दिनेछन ।
महोत्सव अन्तर्रगत विहीबारका आकर्षणका रुपमा हास्यकलाकार सुवोध गौतम, लोक दोहोरी गायिका सपना गाहा तथा लोक दोेहोरी गायक कृष्ण रेउँले रहेका छन ।

प्रकाशित मिति : २० मंसिर २०७५ बिहिबार ००:००  २ : ३७ बजे