४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

स्टार खेलाडीबिना बार्साको जादु



एजेन्सी- बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा पुगेको छ ।स्टार खेलाडी बिना नै खेलेको  बार्सिलोनाले गयरातिको खेलमा कल्चरल लिओनेसामाथि ४–१ को जित निकाल्सयो । समग्रमा ५–१ को जितसहित अन्तिम १६ मा बार्सालेस्थान पक्का गरेको हो । पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो ।रातिको खेलमा  बार्सिलोना लियोनल मेस्सी, लुइस स्वारेज, जेरार्ड पिकेसहितका स्टार खेलाडी बिना नै मैदानमा गएको थियो ।

बार्सिलोनाको जितमा डेनिस स्वारेजले दुई गोल गरे भने एल हाडाडी र माल्कमले एक एक गोल गरे । लिओनेसाका लागि सिनीले एक गोल फर्काए ।

राति नै भएको खेलमा जित निकाल्दै एथ्लेटिको मड्रिडले पनि अन्तिम १६ मा स्थान बनाएको छ । यसैगरी जिरोना, रियल सोसिडाड, सेभिल्ला, भिल्लारियल र रियल भालाडोलिड पनि अन्तिम १६ मा पुगेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७५ बिहिबार ००:००  १ : ५१ बजे