४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेइमारबिनाको पिएसजी हारबाट यसरी जोगियो



एजेन्सी,
नेइमारबिना मैदान उत्रेको पेरिस सेन्ट–जर्मेन पिएसजी लिगको चौधौँ खेलमा १४ खेलमा पनि बराबरीमा रोकिएको छ । १३ औँ खेलमा पनि बराबरी खेलेको पिएसजी बुधबार राति भएको खेलमा स्ट्रासबर्गसँग १–१ को बराबरीमा रोकिएको हो ।

४० औँ मिनेटमा पेनाल्टी पाएर खेलमा अग्रता लिए पनि स्ट्रासबर्गले त्यसलाई जोगाउन नसक्दा पिएसजी हारबाट जोगिएको हो । जित निकाल्न लगातार संघर्ष गरिरहेको पिएसजीले ७१ औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरी बराबर्री गर्यो ।

पेनाल्टीमा एडिन्सन काभानी चुकेनन् । अघिल्लो खेलमा गोल गरेपछि चोटग्रस्त भएर मैदानबाट बाहिरिएका नेइमार यो खेलमा मैदान फर्किन सकेनन् ।बराबरीपछि शीर्ष स्थानको पिएसजीको १६ खेलबाट ४४ अंक भएको छ । ऊ दोस्रो स्थानको लिले भन्दा १४ अंकले अघि छ ।

प्रकाशित मिति : २० मंसिर २०७५ बिहिबार ००:००  १ : ४५ बजे