४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आर्सनललाई बराबरीमा रोक्न युनाइटेडको कडा संघर्ष



एजेन्सी,
आर्सनलसंग पछि परेको स्थितिमा म्यानचेस्टर युनाइडेडले २–२ को बराबरी गरी अंक बाँडेको छ । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको आर्सनलले सुरुमा गोल गरी युनाइटेडलाई दबाबमा राखेको थियो ।
२६ औँ मिनेननटमा मुस्ताफीको गोलबाट आर्सनलले सुरुवाति अग्रता लियो ।

त्यसको चार मिनेटपछि एन्थोनी मार्सलले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल फर्काए ।त्यसपछि रोचक बनेको खेलमा आर्सनलले दोस्रो हाफमा पनि अग्रता लियो । यतिबेला आर्सनलले उपहार गोल पाएको थियाृ । ६८ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका मार्कस रोजोले आत्मघाती गोल गरको एक मिनेटपछि युनाइटेडका लागि जेसी लिङ्गार्डले बराबरी गोल फर्काएपछि अंक बाँडियो ।

बराबरीपछि आठौँ स्थानको म्यानचेस्टर युनाइटेडको १५ खेलबाट २३ अंक भएको छ । पाँचौँ स्थानमा रहेको आर्सनलको ३१ अंक भएको छ ।

बुधबार राति नै भएको खेलमा साउथह्याम्पटनमाथि ३–१ को जित निकाल्दै टोटनह्याम १५ खेलबाट ३३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । वुल्भ्ससँग २–१ ले पराजित भएको चेल्सी ३१ अंकसहित चौथो स्थानमा छ ।अरु खेलमा लेस्टर सिटी र फुलह्याम तथा एभर्टन र न्युक्यासलले समान १–१ को बराबरी खेलेका छन ।

प्रकाशित मिति : २० मंसिर २०७५ बिहिबार ००:००  १ : ४२ बजे