४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ट्याक्टरको ठक्करबाट गम्भिर घाइते छोरीको निधन, आमाको उपचार जारी



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा २ नन्दनगरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । ट्याक्टरले ठक्करदिदा मोटरसाइकलमा सवार आमाछोरी मध्ये छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसरी मृत्यु हुनेमा वाणगंगा २ नन्दनगर निवासी ३० बर्षिया सीमा थापाकी ५ वर्षीय छोरी साम्राज्ञी थापा रहेकी छिन् । मृतककी आमा सिमा थापाको लुम्बिनी अञ्चल अस्पताल बुटबलमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र बहादुर केसीले जानकारी दिनुभयो ।
वैरियाबाट नन्दनगरतर्फ जानेक्रममा बुधबार साँझ लु ३ त ३९६३ नम्बरको ट्याक्टरले समान दिशातर्फ गइरहेको लु २२ प ४४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको केसीले बताउनु भयो ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  ५ : ०४ बजे