४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ट्याक्टरको ठक्करबाट नन्दनगरमा दुई गम्भिर घाइते



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा २ नन्दनगरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा आमाछोरी गम्भिर घाइते भएका छन । घाइते हुनेहरुमा वाणगंगा नन्दनगर निवासी ३० बर्षिया सीमा थापा र उहाँकी ५ बर्षकी छोरी साम्राज्ञी थापा रहेक छन ।
उनीहरु दुवै जनाको लुम्बिनी अञ्चल अस्पताल बुटबलमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र बहादुर केसीले जानकारी दिनुभयो ।
वैरियाबाट नन्दनगरतर्फ जानेक्रममा बुधबार साँझपख लु ३ त ३९६३ नं.को ट्याक्टरले समान दिसातर्फ गुडिरहेको लु २२ प ४४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको केसीले बताउनु भयो ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  १ : ५७ बजे