४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

लैंगिक समानता नभए सम्म देश विकास हुन सक्दैन : नगर प्रमुख अधिकारी



मायादेवी अनलाइन, चन्द्रौटा ।
लैंगिक हिंसा र दुव्यबहार छैन हामिलाई स्विकार भन्ने मुल नाराका साथ महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्रगत बुधबार शिबराज नगरपालिकाको धर्मनगरमा स्वयमसेवक दिवसको अवसर पारेर महिला मानब अधिकार रक्षक संजाल कपिलबस्तुले अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।
कार्यक्रमलाई संबोधन गर्दै शिबराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले लैगिक समानता नभए सम्म देश बिकासको परिकल्पना गर्न नसकिने बताउनुभयो । हिंसा कसैले कसैलाई गर्न नहुने भन्दै नगर प्रमुख अधिकारीलले सबै मानिसले मानव भएर बाँचेको अनुभति गर्न सक्ने वाताबरण सृजना गर्न सबैले पहल गर्नु पर्नेमा जोड दिनुभयो । सबैले आ आफनो परिवार, आफु र कार्य क्षेत्रमा हिंसा हुन नदिन सबैले पहल गर्नु पर्ने समेत उहाले बताउनुभयो ।
कार्यक्रमका बिशेष अतिथि महिला मानव अधिकार रक्षक संजालका केन्द्रिय सदस्य इन्दिरा अर्यालले महिला बिरुद्ध हुने सबै खाले हिंसा अन्त्य गर्नका लागि घर परिवार बाटै छोरीलाई समान ब्यबहार गर्नु पर्ने बताउनुभयो ।
प्रदेश न. ५ बाहिनी लैगिंक इकाइ प्रमुख शसस्त्र प्रहरी निरीक्षक उर्मीला थापाले हिंसा अन्त्यका लागि सर्बप्रथम महिलालाई घरैबाट शिक्षामा लगानी, समान व्यबहार र समान अवसर दिए मात्र हिंसा अन्त्य हुने बताउनु भयो ।
कार्यक्रममा मानब अधिकार प्रतिस्ठान कपिलबस्तुका अध्यक्ष बिष्णु प्रसाद खतिवडा, नेपाली कांग्रेसका नेता हरि प्रसाद पोखरेल, संघिय समाजबादी फोरमका नेता कृष्ण कुमार चौधरी, नेपाल पत्रकार माहासंघ कपिलबस्तुका कोषाध्यक्ष दिपक खड्का, शान्ति पुर्नस्थापना गृहका संयोजक भुमिराज भटट्राई, के आइ नेपालका संयोजक केशर बिश्वकर्मा, वडा अध्यक्ष सन्तरी प्रसाद चौधरी, कार्यपालिका सदस्य सि.बि.गहतराज, शान्ता शेन र सामाजिक बिकास मंचका प्रतिनिधि बिष्णु अधिकारी लगायतले मन्तव्य राख्दै आफैबाट हिंसा अन्त्यका लागि पहल गरे हिसां अन्त्य हुने बताउनुभएको थियो ।
महिला मानब अधिकार रक्षक संजालका अध्यक्ष मिना परियारको अध्यक्ष्नतामा सम्पन्न भएको कार्यक्रममा शिबराज जेसिजका अध्यक्ष सरोज पौडेलको स्वागत मन्तब्य र गीता पौडेलको सञ्चालन रहेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  १ : ५२ बजे