४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

निर्मलाको हत्या प्रकरणः काठमाडौंबाट युवक पक्राउ



काठमाण्डौ ।
कञ्चनपुरको भिमदत्त नगरपालिकाकी निर्मला पन्तलाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले काठमाडौंबाट एक युवालाई पक्राउ गरेको छ।
ती युवा निर्मलाको गाउँतिरकै मान्छे भएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।
उनी घटनाका बेला गाउँमा नै थिए । घटनापश्चात काठमाडौं आएको देखिन्छ । उनको गतिविधिका आधारमा उनी नै संलग्न छन कि भन्ने शंका भएर हामीले पक्राउ गरेको हो, आइजिपी खनालले भन्नुभयो ुपक्राउ गरिएका युवामाथि अनुसन्धान अघि बढाइएको छ । उनको पहिचान भने अहिलै नखुलाउने उहाले बताउनुभयो ।
४ महिना पुग्दा पनि निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा को संलग्न थिए भन्ने पत्ता लगाउन प्रहरीले सकेको छैन । निर्मला बलात्कार र हत्या घटनाको छानबिनमा सरकार र प्रहरीले गरी आधादर्जन समिति गठन गरे। ती समितिले उक्त घटनाको अनुसन्धानमा प्रहरी लापरबाही भएको मात्र निष्कर्ष दिन सके।
त्यसैका आधारमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित ५ जना प्रहरी अधिकारीलाई बर्खास्त गरियो । यसअघि निर्मला पन्तको हत्यारा भन्दै प्रहरीले भिमदत्त नगरपालिकाकै दीलिपसिंह विष्टलाई पक्राउ गरेको थियो ।
निर्मलाको भजाइनल स्वाबको रिपोर्टसँग उनको डिएनए नमिलेपछि थुनामुक्त गरियो। साउन १० गते आफ्नी साथि रोशनी बमको घरमा होमवर्क गर्न भन्दै गएकी निर्मला घर फर्केकी थिइनन ।
भोलिपल्ट आफ्नो घरबाट आधा घण्टाको दूरीमा उनी मृत फेला परिन्। पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  ११ : ४९ बजे