४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, २ जना घाइते



दाङ ।
दाङको गढवामा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । घटनामा २ जना घाइते भएका छन ।
बेलाबाट गढवा आउँदै गरेको मोटरसाइकल गढवा(७ मानपुरमा अनियन्त्रित हुँदा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । मोटरसाइकलमा तीनजना सवार थिए ।
दुर्घटनामा गढवा (७ मानपुर निवासी २० वर्षीय दिनेश चौधरीको उपचारको क्रममा लमही अस्पतालमा ज्यान गएको छ । घटनामा त्यही ठाउँका १८ वर्षीय रोशन चौधरी र १७ वर्षीय महेश चौधरी घाइते भएका छन ।
घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ । रा ३ प ३६२७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  ७ : ३२ बजे