४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रियंका र निकको रिसेप्शनमा रातो गुलाब लिएर पुगे भारतीय प्रधानमन्त्री मोदी



एजेन्सी ।
अभिनेत्री प्रियंका चोपडा र निक जोनसले भारतको दिल्ली स्थित पाँचतारे होटल ताजमा डिसेम्बर ४ मा विवाहको पहिलो रिसेप्सन राखेका थिए ।

रिसेप्शनमा प्रियंका र निकका परिवारजन तथा भारतका प्रधानमन्त्री नरेन्द्र सिंह मोदी उपस्थित भएर प्रियंका र निकलाई वैवाहिक जीवनको शुभकामना तथा बधाई दिएका छन ।

मोदीले उपहार स्वरुप प्रियंका र निकलाई रातो रंगको गुलाबको फुल दिएका थिए ।
मोदीले प्रियंका र निकका परिवारजनसँग भेटघाट गरेका थिए भने स्टेजमा मिडियाका अगाडि सामु तस्विर पनि खिचाएका थिए ।


प्रियंका चोपडाले रिसेप्सनमा सिल्भर कलरको लेहंगा लगाएकी थिइन् । हातमा चुरा र गलामा नेकलेस सिउँदोमा सिन्दुर लगाएकी प्रियंका निकै सुन्दर देखिएकी थिइन् भने निक जोनसले निलो संगको वेल्वेट सुट लगाएका थिए ।
प्रियंका र निकले छिट्टै नै मुम्बईमा पनि भव्य रिसेप्शन राख्नेछन् जसमा बलिउड फिल्म उद्योगका कलाकारहरु उपस्थित हुनेछन् ।


रिसेप्सनको मिति तथा उपस्थित पाहुनाहरुको बारेको जानकारी गोप्य राखिएको भएपनि खबरहरुका अनुसार बलिउडका अधिकाँश कलाकारलाई निमन्त्रणा पुगीसकेको बताइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  ७ : २९ बजे