४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

भालुको आक्रमणबाट दुईजना घाइते



कैलाली ।
डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ । घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताउनुभयो । उहाँको शरीरभरि घाउ छ । यसैगरी बझाङको गुदुखाती गाउँमा भालुको आक्रमणबाट स्थानीयवासी ६० वर्षीया जरु धामी घाइते हुनुभएको छ । उहाँ घर नजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा पर्नुभएको हो । आक्रमणबाट उहाँले एक आँखा गुमाउनुपरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  ७ : १३ बजे