४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

इन्डोनेसियाको एक निर्माण क्षेत्रमा अन्धाधुन्ध गोली चलाउँदा २४ जना कामदारको मृत्यु



एजेन्सी ।
इन्डोनेसियाको एक निर्माण क्षेत्रमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २४ जना कामदारको ज्यान गएको छ । इन्डोनेसियाका पूर्वी प्रान्त पापुएको भएको घटनामा एक प्रहरीको पनि ज्यान गएको छ ।
आइतबार भएको घटनाको छानबिन भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । प्रान्तको दुर्गम पहाडी क्षेत्रमा उनीहरुले बाटो तथा पुल बनाइरहेका कामदारमाथि आक्रमण भएको हो ।
पृथकतावादी लडाकुले आक्रमण गरेको प्रहरीको दाबी छ । पापुएमा दशक भन्दा लामो समयदेखि स्वतन्त्रताको मागसहित हिंसात्मक गतिविधि हुँदै आएको छ । पृथकतावादी समूहले आफ्नो स्थापना वा स्वतन्त्रता दिवसको रुपमा डिसेम्बर १ मा कार्यक्रम गरिरहेका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  ७ : ०९ बजे