४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बिजुली चोर्ने २५ जना कारबाहीमा



तनहुँ ।
नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले बिजुली चोरी गर्ने २५ जनालाई कारबाही गरेको छ । अनाधिकृत रूपमा बिजुली चोरी गरी प्रयोग गर्ने बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाका २५ जनालाई कारबाही गरेको हो ।
अनुगमनको क्रममा घरायसी प्रयोजन र साना उद्योगका ग्राहकले बिजुली चोरी गरी प्रयोग गरेको भेटिएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । उनीहरूलाई विद्युत चोरी नियन्त्रण ऐन २०५८ बमोजिम कार्वाही प्रक्रिया अघि बढाएको हो ।
कारबाहीको क्रममा उनीहरूबाट ७९ हजार ४ सय २१ रूपैया असुली भएको कार्यालयले जनाएको छ ।कारबाहीमा पर्नेहरूमा १८ जनाले एमसीबी वाइपास गरी प्रयोग गरेको, १ जनाले डाइरेक्ट हुकिङ गरेको र ५ जनाले मिटर वाइपास गरेको गोशलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  ७ : ०० बजे