४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

स्वर सम्राट नारायण गोपालको स्मृति दिवस मनाइँदै



काठमाडौं । 

स्वर सम्राट नायरायण गोपाल गुर्वाचार्यको २८ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाईँदै छ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् ।

वि सं १९९६ सालमा काठमाडौँको किलागलमा जन्मिनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३५ भन्दा धेरै गीत गाएका छन ।

उनले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाएका छन । उहाँले गाएको ‘म त लाली गुराँस भएछु’, ‘एउटा मान्छेको मायाले कति’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’ लगायतका गीत अहिले पनि उत्ति नै रुचाइएका छन्न् । उहाँको सम्झनामा नारायण गोपाल संगीत कोषले उनकै निवास महाराजगञ्जको मिलिजुली टोलमा विशेष कार्यक्रम गर्दैछ ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  ४ : ४२ बजे