४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तु महोत्सवको बुधबार दोस्रो दिन, जनगायक शर्मा आउने



मायादेवी अनलाइन, कपिलवस्तु ।
मंसिर १८ मंगलबारबाट सुरु भएको १० औँ कपिलवस्तु महोत्सवको बुधबार दोस्रो दिन । बिभिन्न राष्ट्रिय कलाकार संगै आठौँ डान्स आइडल पनि सुरु हुँदै छ ।
बुधबार जनगायक जीवन शर्मा लगायतको प्रस्तुती रहने सांस्कृतीक समितिले जनाएको छ । यसैगरी बुधबारदेखि जिल्लाकै चर्चित आठौं डान्स आइडलको पनि शुभारम्भ हुने छ । १७ जना प्रतिस्पर्धीले बुधबार आज आआफ्नो प्रस्तुती दिनेछन ।
आजको प्रस्तुतीको आधार र दर्शकको भोटको आधारमा विहीबार दुई जना प्रतियोगी बाहिरीने डान्स आइडकल संयोजक विरेन्द्र खाणले जानकारी दिनुभयो ।
महोत्सवको मंगलबार नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  ४ : ३९ बजे