४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

स्कुटर दुर्घटनामा प्रदेश सांसदको छोरा गौतमको मृत्यु



नवलपरासी ।
नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरमा सवारी दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत ना३२प ८३९० नं को स्कुटर दुर्घटना हुँदा नवलपरासी कावासोती–८ का ३७ वर्षीय नवीनराज गौतमको मृत्यु भएको हो ।
उहाँको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
स्कुटर अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको हुनसक्ने बताइएको छ । गौतम गण्डकी प्रदेशसभा सदस्य ओमकला गौतमका छोरा हुन् ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  ४ : ३३ बजे