४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रियंका चोपडा र निक लगनगाँठोमा, मोदीदेखि हलिउडसम्मका स्टार सहभागि(फोटोफिचर)



एजेन्सी । 
अन्तहः भारतीय अभिनेत्री प्रियंका चोपडा र अमेरिकी संगीतकर्मी तथा अभिनेता निक जोनसको विवाह बन्धनमा गाँसिएका छन् । प्रियंका–निकको तीन लामो विवाह समारोह पछि दिल्लीको एक होटलमा रिसेप्सन भएको हो । ३६ वर्षकी प्रियंका र २६ वर्षका निक यो वर्षको सुरुमा इन्गेज भएका थिए । उनीहरुको औपचारिक प्रेम सम्बन्ध गएको वर्षको ओस्कार आफ्टर पार्टीदेखि सुरु भएको थियो ।

पूर्व मिस वल्र्ड समेत रहेकी प्रियंकाले एबिसी टेलिभिजनको सिरिज क्वान्टिकोको तीन सिजनमा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । यस्तै डवेन जोन्सन, अक्टोपिया स्पेन्सरसहितका हलिउड स्टारसँग उनले चलचित्रमा काम पनि गरेकी छन् ।

मंगलबार बेलुका नयाँ दिल्लीमा भव्यहिसावले विवाह समारोह चलिरँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगै हलिउडका स्टारहरु पनि त्यहाँ देखिए ।

यसअघि जोधपुरको उम्मेद भवनमा क्रिष्चियन र हिन्दु संस्कार अनुसार विवाह गरेका उनीहरुको विवाह समारोहमा बलिउड गीत तथा क्रिकेट म्याचले रौनकता थपेको थियो ।
मंगलबार बेलुका भएको रिसेप्सनमा पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रियंका र निकसँग तस्बिर खिचाए । सन् २००५ मा निक तथा उनका दाइहरु केविन र जो मिलेर पप–रक ब्याण्ड द जोनस ब्रदर्स बनाएका थिए । यस्तै निकले डिज्नीका चलचित्रमा पनि काम गरेका छन् । उनीहरुको ब्याण्ड सन् २०१३ मा भंग भएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  ४ : ०६ बजे