४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रग्बी विश्वकपको ट्रफी आज नेपालमा



काठमाडौं ।
जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी आज बुधबार नेपाल आइपुग्ने भएको छ । विश्व रग्बी ट्रफी टुरअन्तर्गत विश्वकप ट्रफी बुधबार अपराह्न ४ बजे नेपाल आइपुग्ने रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिनु भयो ।

नेपाल रग्बी सङ्घको पहलमा नेपाल आउन लागेको ट्रफी यही मङ्सिर २३ गतेसम्म नेपालमा राखिनेछ । नेपालमा रहँदा विश्वकप ट्रफी सगरमाथाको आधार शिविरसम्म पु¥याइने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । ट्रफी मङ्सिर २० गते सगरमाथाको आधार शिविरमा लगिनेछ । मङ्सिर २१ गते विश्व सम्पदा सूचीमा रहेका स्थानहरु स्वयम्भूनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वायरमा प्रदर्शनी गरिनेछ ।
त्यस्तै मङ्सिर २२ गते टुँडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलमा प्रदर्शनी गरिनेछ । नेपालमा यसअघि विश्वकप फुटबल र अघिल्लो महिना विश्वकप क्रिकेटको ट्रफी ल्याइएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  ३ : ४६ बजे