मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकालाई आज पूर्ण भर्ना नगरपालिका घोषणा गरिदै छ । नगरपालिकालाई प्रदेश ५ का सामाजिक विकास मन्त्री सुद्र्धशन बरालले पूर्ण भर्ना नगर घोषणा गर्ने कार्यक्रम छ । कार्यक्रम विहान ११ बजे देखि शुरु हुने नगरपालिकाले जनाएको छ ।
बृहत सभाका बीच घोषणा हुन लागेको पूर्ण भर्ना कार्यक्रममा उपस्थितीको लागि नगरका प्रबक्ता विष्णु पौडेलले सबैमा आग्रह गर्नुभएको छ । कार्यक्रममा प्रदेश मन्त्री बराल संगै प्रदेश सांसद विष्णु पन्थी पनि उपस्थित हुने कार्यक्रम छ ।
प्रतिक्रिया