९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

पूर्ण सुरक्षाको प्रत्याभूती



मायादेवी अनलाइन, कपिलवस्तु ।
सुरक्षाको दृष्टिकोणले यसपटकको महोत्सव विशेष छ । विगतका बर्षहरुमा पाठ सिकेर हामीले उच्च सुरक्षा सर्तकता अपनाएका छौं । हामी आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने गरी दर्शकहरुलाई सुरक्षाको प्रत्याभूती दिलाउने छौ भने साथमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु रहनेछन । यसपटकको महोत्सवमा बालबच्चा हराउने, सामान चोरी हुने, महिला माथि हिंसा हुने, स्टलधनीहरुले असुरक्षाको महसुस गर्ने, सचिवालयमा अनावश्यक भिडभाड गर्ने र हो–हल्ला गर्ने, गेटमा हुने भिडभाड र अस्तव्यस्ततालाई सुरक्षाको दृष्टिले संवेदनशील मान्दै काम गरेका छौं । सांस्कृतिक कार्यक्रममा हुने हो–हल्ला, विवाद, कलाकारहरुको उच्छृखल गतिविधिले दर्शकलाई पार्ने प्रभावलाई पनि सुरक्षाको दृष्टिकोणको महत्वपूर्ण मानेका छौं । यसकारणले यी र यस्ता गतिविधि माथि विशेष निगरानी गर्दै ठाउँठाउँमा हाम्रा सुरक्षा प्रतिनिधिहरु खटिनेछन । यसैगरी सवारी चोरी, हेलमेट चोरी, सवारी तोडफोड लगायतलाई पनि चुस्तदुरुस्त बनाउँने गरी स्वय्मसेवकहरु व्यापक रुपमा परिचालित भएका छन । यसको लागि राजेश आस्था फाउण्डेसनका प्रतिनिधिहरु विशेष रुपमा खटिनुहुनेछ । पार्किङमा शुल्कको कुरा गर्दा मोटरसाइकलको चालिस, चारपाङ्ग्रे सवारीको ५० रुपैँया र साइकलको १० रुपैँया कायम गरिएको छ । त्यस कारण विगतका बर्षहरुमा जस्तै यस बर्षपनि महोत्सव शान्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुनेछ भन्ने विश्वास लिएको छु । यसमा हामीले मात्र गरेर पुग्दैन दर्शकहरु पनि स्वयम जिम्मेवार हुनुपर्दछ । हामीले सुरक्षा व्यवस्था चुस्तदुरुस्त पार्दै गर्दा पनि कमिकमजोरी हुन सक्छ । त्यसको निम्ती तपाई सतर्क रहनुहोला । आफ्नो सामानको ख्याल गर्नुहोला । बालबाबालिका, अशक्तता तथा अपाङ्गता भएका व्यक्तिहरु, बृद्धबृद्धाहरुलाई सबैले सम्मान गर्दै उहाँहरुलाई सहज रुपमा हेर्ने वातावरण मिलाई दिनुहुन अनुरोध छ ।

( सेन महोत्सवका सुरक्षा समिति संयोजक हुनुहुन्छ)

प्रकाशित मिति : १८ मंसिर २०७५ मंगलबार ००:००  १ : ५६ बजे