९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मुख्यमन्त्री लालबाबु भन्छन्, सबै मधेशी एक ठाँउमा उभिनु पर्छ



सनिउल्ला धोबी, कपिलवस्तु ।
प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सबै मधेशी एक ठाँउमा उभिनु पर्नु बताउनु भएको छ । सबै मधेशी एक ठाँउमा भएपछी मधेशीहरुको हक अधिकार सुनिश्चित हुने बताउनुभयो ।
कपिलवस्तुको कृष्णनगरमा आयोजीत संघीय समाजवादी फोरम नेपालको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । संघीय समाजवादी फोरम नेपालको उपाध्यक्ष समेत रहेका राउतले भन्नुभयो, “एमाले, माओवादी केन्द्र एकिकरण गरी एक ठाउमा उभिएका छन तर हामी मधेशी आफै फरक फरक पाटीमा रहेर हक अधिकारबाट बन्चित भएका छौ ।”
एमाले, माओवादी केन्द्र एकिकरण गरेर केही गर्नेवाला छैन मधेशी आफनो पहुच बढाउनका लागि अब एक हुनु पर्नेमा जोड दिनुभयो । सम्मान र पहिचानको लागि एक हुनुपर्ने बताउनु भयो । मधेशमा नागरिकता जस्ता महत्वपुर्ण हक अधिकार प्रप्तीका लागि एक भएर अघि बढनु पर्ने बताउनु भयो ।
सो कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली काग्रेसका नेता अकिल मिया, फोरम नेपालका केन्द्रीय सदस्य राम बरन यादव, प्रदेश नं ५ का अध्यक्ष अशोक यादव, ५ नं प्रदेशका मुख्य सचिव डा रसिद खान लगायतले मधेशी र मधेशको हक अधिकारको बारेमा बोल्नु भएको प्रदेश नं ५ फोरम नेपालका प्रवाक्ता अकरम पठानले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ मंसिर २०७५ मंगलबार ००:००  १ : ३७ बजे