दीपा महत, कपिलवस्तु ।
कपिलवस्तुको सर्वाधिक चर्चित र महत्व बोकेको दशौं कपिलवस्तु महोत्सव मंगलबार देखि शुरु भएको छ । वाणगंगाको जीतपुर बुद्धरंगशालामा मंगलबार देखि शुरु भएको महोत्सव पुष १ गते सम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन पूर्व हजारौंको सहभागीतामा विभिन्न र्याली निकालिएको थियो । बाजागाजा र जातीय संस्कृतीको पहिचान झल्किने खालको निकालिएको र्यालीले चारनम्बर चोक परिक्रममा गर्दै महोत्सव स्थलमा आएर टुङ्गिएको थियो ।
र्यालीमा यस क्षेत्रका दजर्नौ संघ संस्था, विद्यालय, आमा समूह, युवा क्लब, जातीय घटक, धार्मिक संग संगठनले र्याली निकालेर महोत्सवको शोभा बढाउने काम गरेको महोत्सवका झाँकि तथा र्याली संयोजक दोलक बहादुर पछाईले जानकारी दिनुभयो ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व अर्थमन्त्री विष्णु पौडेल र कृषि तथा पशुपंक्षि विकास मन्त्री चक्रपाणि खनाल लगायतका विशिष्ट व्यक्तिको सहभागीता रहेको महोत्सवमा यस क्षेत्रका विभिन्न समूहबाट भएको झाँकी तथा र्यालीको सहभागीताले आयोजकलाई थप रौनकता थपेको संयोजक पछाईले बताउनुभयो ।
कार्यक्रममा यस क्षेत्रका थारु, मगर तथा नेवार समुदायले विशेष गरी जातीय पहिचान झल्कने गरी झाँकी तथा र्याली निकालेका थिए । थारु जातीले आफ्नो पुरानो पहिचान बोकेको लाठी, झुमरा, मयुँर नाच प्रर्दशन गरे भने मगर समुदाय र नेवार समुदायले पनि आ आफ्नो जातीको झल्को दिने गरी प्रस्तुत भएका थिए ।
महोत्सवको उद्घाटनसस्त्र सोचेभन्दा पनि राम्रो भएको आयोजकले जनाएको छ । हजारौ जनताको उत्साहजनक सहभागीताले आफुहरुलाई थप हौसला प्रदान गरेको भन्दै महोत्सव अवधिभर यसैगरी सबैले माया गर्ने महोत्सवका संयोजक उमानाथ पौडेलले विश्वास व्यक्त गर्नुभयो ।
“कृषि र पर्यटनमा आधारित उद्योग व्यापार ! समृद्ध र सुखि कपिलवस्तु निर्माणको आधार !! भन्ने मूल नाराका साथ सञ्चालन भएको महोत्सवमा बुद्धको मूर्ति प्रदर्शनी, मायादेवी मन्दिरको झल्को दिने सचिवालय निर्माण, कृषि तर्फ नयाँ प्रविधीको प्रयोग र अवलोकन, पर्यटन प्रवर्धनको प्रचार प्रसार जस्ता विषयवस्तु समावेश गरिएको छ ।
महोत्सवमा कृषिजन्य व्यवसाय तथा उत्पादनको प्रवर्धन, पर्यटन प्रवर्धन, संस्कृती प्रवर्धन, आठौ कपिलवस्तु डान्स आईडल, स्थानीय कला संस्कृतीको प्रवर्धन, ख्याति प्राप्त राष्ट्रिय कलाकारको दैनिक प्रस्तुती, विशेष बालउद्यान सहितको मनोरञ्जन पार्क रहको छ ।
यसैबीच महोत्सवको दोस्रो दिन बुधबार जनगायक जीवन शर्मा लगायतको प्रस्तुती रहने सांस्कृतीक समितिले जनाएको छ । यसैगरी बुधबार देखि जिल्लाकै चर्चित आठौं डान्स आइडलको पनि शुभारम्भ हुने छ । १७ जना प्रतिस्पर्धीले भोलीआ आफ्नो प्रस्तुती दिनेछन । बुधबारको प्रस्तुतीको आधार र दर्शकको भोटको आधारमा पर्सि दुई जना प्रतियोगी बाहिरीने डान्स आइडकल संयोजक विरेन्द्र खाँणले जानकारी दिनुभयो ।
महोत्सवका संयोजक उमानाथ पौडेलको अध्यक्षतामा भएको उद्घाटनशस्त्रमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष किशोर प्रधान, पूर्व अध्यक्ष चन्द्र ढकाल, प्रतिनिधिसभा सदस्य अतहर कमाल, नेकपा कपिलवस्तुका प्रस्तावित जिल्ला अध्यक्ष झविलाल पोख्रेल लगायतले महोत्सव सफलताको शुभकामना दिनुभएको थियो । संघका महासचिव लक्ष्मण अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा वरिक्ष्ठ उपाध्यक्ष रुक बहादुर भुसालले स्वागत मन्तव्य दिनुभएको थियो ।
१८ मंसिर २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया