९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कारागारबाट छुटाउने लोभ देखाएर बलात्कार गरेको आरोपमा राजपा नेता पक्राउ



सप्तरी । कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक कैदीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् ।

राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५, लोखरमका मनोजकुमार मेहतालाई बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । त्यो कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालका अनुसार आइतबार पक्राउ परेका मेहताविरुद्ध बलात्कार तथा ठगी दुवै मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको हो ।

उक्त पार्टीका सदस्य सुनिलकुमार झाले पार्टीका साथीले जानकारी गराएपछि आफूले थाहा पाएको बताउनुभयो । राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमानलाई छुटाइ दिने आश्वासन दिलाइ मेहताले पटकपटक गरी साढे दश लाख रुपैयाँ ठगीका साथै बलात्कार पनि गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

प्रकाशित मिति : १८ मंसिर २०७५ मंगलबार ००:००  ११ : ३० बजे