९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

विद्यार्थीलाई साईवर सुरक्षा र ट्राफिक नियम पढाउदै प्रहरी



शिवलाल सुवेदी, गुल्मी ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गुल्मी प्रहरी विद्यार्थी पढाउन थालेको छ । कार्यक्रम अन्तर्गत गुल्मी प्रहरीले मगंलवार रेसुङगा माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरलाई  साईवर सुरक्षा सम्वन्धि प्रशिक्षण दिएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन्द्र वहादुर खड्काले पछिल्लो समय साईवर अपराधका घटनाहरु वढीरहेको भन्दै प्रहरीले साईवर सुरक्षाका वारेमा जानकारी गराउन प्रहरी विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरेको बताए ।

साईवर अपराध किसोर अवस्थामा नै वढी हुने भएकाले यो कार्यक्रम विद्यार्थीलाई लक्षित गरि विद्यालयमा लागू गरिएको प्रहरीले जनाएको छ । रेसुङगा माध्यमिक विद्यालय कक्षा ९ र १० का २ सयभन्दा वढी विद्यार्थीलाई खड्काले साईवर सुरक्षा, साईवर अपराध कसरी हुन्छ , साईवर अपराधभित्र के के पर्छन भन्ने कुराको वारेमा जानकारी गराएका थिए । साथै उनले साईवर अपराध गर्दा हुने कानुर र सजायका वारेमा पनि विद्यार्थीलाई प्रशिक्षण गराएका छन ।

उनले सामाजिक सजांलको सुरक्षित प्रयोग गर्न समेत आग्रह गरे ।  आजका विद्यार्थी भोलीका सुरक्षित र असल समाज निर्माण गर्ने नागरिक भएकाले पनि अहिलेदखि नै असल र सुरक्षित समाज निर्माण गर्नका विद्यार्थीको महत्त्वपूर्ण हात रहने वताए । यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक पृथ्वीनारायण काफ्लेले ट्राफिक नियम तथा सवारी दुर्घटना न्युनिकरणका वारेमा जानकारी गराएका थिए ।

साथै काफ्लेले सवारी दुर्घटना न्युनिकरणका लागि प्रहरी मात्रैले सम्भव नभएकोले सवैको सहयोग आवश्यक रहेको बताए । उनले गुल्मी जिल्लामा प्रत्येक महिनामा ३र४ जना मानिसको सवारी दुर्घटना ज्यान जाने गरेको भन्दै हामीले ट्राफिक  नियमको पालना गरेमा यसलाई  न्युनिकरण गर्न सकिने बताए । रेसुङगा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत एलिसा रजालीले प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत साईवर सुरक्षावारे आफुहरुलाई जानकारी गराएकोमा प्रहरीलाई धन्यवाद दिईन ।

मलाई साईवर भन्ने थाहा थियो उनले भनिनू साईवरवाट पनि अपराध हुदा रहेछन भन्ने कुरा थाहा थिएन,आज वल्ल थाहा भयो ।ू उनका अनुसार साईवर अपराध गर्दा कानुनी कार्वाही र सजायको वारेमा समेत थाहा भयो । यस्तै सोही विद्यालय कक्षा ९ मा पढ्ने माधव पराजुलीले सामाजिक सञ्जालको होसियारि र सुरक्षित प्रयोग गर्नुपर्ने जानकारी भएको बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७५ मंगलबार ००:००  ११ : १३ बजे