काठमाडौँ ।
हाँस्य कलाकारलाई सम्मान गर्न पहिलोपटक हाँस्य टेली अवार्ड हुन लागेको छ । आफू रोएर जगत हसाउने हाँस्य कलाकारहरुको सम्मानको लागि हाँस्य टेली अवार्ड २०७५’ को आयोजना गर्न लागिएको हो । अहिले सम्म टेलिभिजन र युट्युबमा प्रसारण भएका हाँस्य टेलिफिल्महरुलाई प्रोत्साहनको यो अवार्ड आयोजना गर्न लागिएको अवार्ड कार्यक्रमका संयोजक कृष्ण पुलामी मगरले जानकारी दिए।
पुसको ७ गते कमलादीको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरिने अवार्डमा विभिन्न १९ बिधामा अवार्ड प्रदान गर्न लागिएको आयोजकले जनाएको छ । अवार्डमा सामेल हुन चाहनेहरुले आगामी मंसिर २५ गते सम्ममा आफ्ना टेलिफिल्मको डिजिटल प्रती सहित आबेदन दिन सक्ने छन । अवार्ड ७५ ५ भोटको आधारमा र २५५ निर्णायक मन्डलको निर्णय अनुसार वितरण हुनेछ ।
नेपालमै पहिलो पल्ट आयोजना हुन लागेको हास्य टेली अवार्डलाई मलेसियामा थुप्रै कार्यक्रमहरु आयोजना गर्दै आएको ‘फ्रेन्डसिप धमाका’ ले आयोजना गरेको हो ।
१८ मंसिर २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया