३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

तिनाउ नदीमा मोटरसाइकल खस्यो, एक जनाको मृत्यु



बुटवल ।

सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्ड अन्र्तगत मंगलबार विहान तिनाउ गाउपालिका वडा नम्वर ३ तिनाउ नदी किनारमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।

हेडबक्स नजिकै बिहान ५ बजेर ४० मिनेट जादा लु ३० प ४१९३ नम्वरको मोटरसाइकल हेडबक्स नजिकैबाट तिनाउ नदी किनारमा खस्दा मोटरसाइकलमा सवार पाल्पा तानसेन नगरपालिका वडा नम्वर ९ का ३७ बर्षिय गणेश रेग्मिको घटनास्थलमै मृत्यु भएको संघिय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । यही स्थानमा गत वर्ष कार पुरिएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७५ मंगलबार ००:००  ४ : ३१ बजे