३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

तोडियो रोनाल्डो र मेस्सीको सिण्डिकेट, युद्धबाट शरणार्थी बनेका लुका मोड्रिचले जिते बालोन डि’ओर २०१८ 



एजेन्सी,

बार्सिलोनाका अर्जेनटाइन स्ट्राइकर लियोनेल मेसी र युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको १० वर्ष लामो फुठवल सिण्डिकेट अन्तहः तोडिएको छ ।

क्रोएसिया र रियल मड्रिड स्टार मिडफिल्डर लुका मोड्रिचले गयराति फुटवलको सबैभन्दा ठुलो उपाधि बालोन डि’ओर २०१८ जित्न सफल भएपछि उनीहरुको सिण्डिकेट तोडिएको हो ।

टोटनह्यामका पूर्व खेलाडी मोड्रिचले आफ्नो सिनियर फुटबल जीवनको सुरुवात डाइनामो जाग्रेबबाट सुरु गरी युद्धबाट शरणार्थी समेत बनेका मोड्रिचले क्रोएसियालाई रसिया विश्वकपको फाइनलसम्म पुर्याउन निर्णायक भूमिका खेलेका कारण यही वर्ष फिफा वर्ष खेलाडी घोषित भई  फ्रान्सको चर्चित म्यागेजिनले दिने यो वर्षको बालोन डि’ओरको उपाधि हात पार्न सफल भएका हुन् । उनले स्पेनिस क्लव रियल मड्रिडलाई गत बर्ष च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

३३ वर्षीय मोड्रिच रियल मड्रिडले लगातार तीन पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जित्दा प्ले मेकरको भूमिकामा थिए । उनैको जायुयी प्रदर्शनमा क्रोएसिया विश्वकपको फाइनलसम्म पुगेको थियो ।यसअघि सन् २००७ मा ब्राजिल र एसिय मिलानका फर्वार्ड काकाले बालोन डि’ओर जितेका थिए । त्यसयता २० वर्षसम्म मेसी–रोनाल्डोले ५, ५ पटक यो उपाधि जिते ।

मोड्रिचले बालोन डि’ओर जित्ने क्रममा उनीसँग प्रतिस्पर्धामा रहेका रोनाल्डो दोस्रो र मेसी तेस्रो स्थानमा रहे । एट्लेटिको मड्रिडका एन्टोइन ग्रिजम्यान चौथो र पेरिस सेन्ट जर्मेनका केलियन एम्बाब्पे पाँचौ स्थानमा रहे । दुवैले फ्रान्सका लागि रसिया विश्वकप जित्न सफल भएका थिए ।

मोड्रिचसँगै फ्रान्सेली क्लब लियोन र नर्वेकी स्ट्राइकर २३ वर्षीया एडा हेगेर्बर्गले महिलातर्फको बालोन डि’ओर जितेकी छन् ।

क्रोएसिया र रियल मड्रिड स्टार मिडफिल्डर लुका मोड्रिचले बालोन डि’ओर २०१८ जित्न सफल भएका छन् ।

फिफा वर्ष खेलाडी मोड्रिचले त्यसअघि रसियामा भएको विश्कप फुटबलकै सर्वोत्कृष्ट खेलाडी हुँदै गोल बल अवार्ड पनि जितेका थिए । ‘यो मेरा लागि अविष्मरणीय र मैले कल्पना पनि नगरेको क्षण हो’, बालोन डि’ओर जितेपछि मोड्रिचले भने, ‘यो अर्वाड जित्नुमा म मेरो टिमका साथीहरुलाई श्रेय दिन चहान्छु ।’मेसी र रोनाल्डोलाई समकालिन विश्व फुटबलका विशेष खेलाडीको संज्ञा दिँदै मोड्रिचले सन् २०१७÷०१८ को सिजन आफ्नो जीवनका लागि अविस्मरणीय रहेको पनि उल्लेख गरे । उनले आफूलाई व्यवसायिक फुटबल खेलाडी बनाइदिएकोमा डाइनामो जाग्रेब धन्यवाद पनि दिएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७५ मंगलबार ००:००  १२ : ४५ बजे