३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

स्थानीयद्वारा छ वटा मोटरसाइकलमा आगजनी



लमही ।

दाङको राजपुर गाउँपालिका–४ जहरेघाटमा छ वटा मोटरसाइकलमा आगजनी गरिएको छ । गोरु तस्करी र स्थानीयबीच विवाद हुँदा स्थानीयले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

स्थानीयवासीका अनुसार गोरु तस्करी भइरहेका बेला गाउँलेले रोक्न खोजेपछि भएको विवादपश्चात् स्थानीयले आगजनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार गोरु तस्करी गर्ने गिरोहको मोटरसाइकलमा आगजनी भएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो । (रासस)

प्रकाशित मिति : १७ मंसिर २०७५ सोमबार ००:००  १ : ४१ बजे