३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

तौलिहवाबाट बङ्गुर चोरी गर्ने दुईजना पक्राउ



कपिलवस्तु ।

बङ्गुर चोरी गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–७ का प्रेमबहादुर ढाडी र रामवली कुर्मी रहेका छन् ।

ढाडी र कुर्मीले महाराजगञ्ज नगरपालिका–४ बरईपुरका नरदाहे पासीले पालेको ११ बङ्गुर चोरी गरेका हुन् ।

दुवै जनालाई ११ बङ्गुरसहित तौलिहवाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महाराजगञ्जका प्रहरी नायब निरीक्षक अशोककुमार श्रीवास्तवले बताउनुभयो । चोरीमा संलग्न एक जना अझै फरार छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७५ सोमबार ००:००  १ : ३८ बजे