३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

आजबाट १० औँ कपिलवस्तु महोत्सव सुरु हुँदै, प्रचण्डले उद्घाटन गर्ने, रोवर्टद्धारा राष्ट्रिय गान



चन्द्रकान्त न्यौपाने, वाणगंगा ।
आज (मंगलबार) बाट १० औँ कपिलवस्तु महोत्सव शुरु हुँदै छ । आज देखि पुस १ गते सम्म बुद्धरंगशाला चारनम्बरमा संचालन हुने महोत्सवको गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहान ११ बजे उद्घाटन गर्नु हुने छ ।
उद्घाटनपूर्व आज हजारौँको बिभिन्न झाँकीसहित य्याली निस्कने छ । त्यस्तै नेपाली सेना र प्रहरीको ब्याण्ड बाजा, नेपालका प्रचलित बाजागाजा, नेपाली कलासंस्कृति झल्कने भेषभूषा र भजनसहितको र्याली चार नम्बर हुँदै जितपुरको बुद्ध रंगशालामा आएर जम्मा हुने छ । य्यालीमा यस क्षेत्रका क्लव, संघसंस्था, आमासमुह, विद्ययाल, क्याम्पस आदिले आफ्नो र कपिलवस्तु झल्कने खालका बिभिन्न सामग्री बोकेर सहभागी हुने छन् । यस पटक देशमै समयको महत्व बुझाउनको लागि आयोजक कपिलवस्तु कपिलवस्तु उद्योग बाणिज्य संघले ठिक समय ११ बजे नै औपचारिक कार्यक्रम सुरु हुने महोत्सव आयोजक मूल समिति संयोजक तथा संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनु भयो । आम सर्वसाधारण र आयोजकलाई  विलम्ब नगर्न उहाँले आग्रह गर्नु भएको छ ।

उद्घाटनको लागि भनेर दाहाल यसअघि हिजो नै बुटवल आएर बस्नु भएकाले समयमा नै सुरु हुने उहाँको दाबी छ । उद्घाटन कार्यक्रम रोबर्टबाट राष्ट्रिय गानको क्लीक गरेर शुभारम्भ हुने छ ।
उद्घाटन सत्रमा पूर्व अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेल कृषिमन्त्री चक्रपाणि खनाल बलदेव, प्रतिनिधि तथा प्रदेश सांसदहरु,बिभिन्न दलका उच्च नेताहरु आउने छन् । दाहाल जिल्ला आउने आउने भए पछि यस क्षेत्रका जनता पनि उत्साहित भएका छन् । आयोजकले दाहालको आगमनले पनि आज हजारौँ दर्शक मेला स्थलमा आइपुग्ने दाबी गरेको छ ।

प्रचण्ड आउने भएपछि हजारौँ नेता कार्यकर्ता उतार्न नेकपा कपिलवस्तुले पनि मातहताका संगठनलाई अनुरोध जारी गरेको नेकपाका प्रस्तावित जिल्ला अध्यक्ष झविलाल पोख्रेलले रेडियो मायादेवीलाई जानकारी दिनु भयो । “कृषि र पर्यटनमा आधारित उद्योग व्यापार ! समृद्ध र सुखि कपिलवस्तु निर्माणको आधार !! भन्ने मूलनाराका साथ सञ्चालन हुन लागेको महोत्सव विगतको भन्दा फरक हुने कपिलवस्तु उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका निर्देशक रुक बहादुर भुसालले बताउनुभयो ।
यस्तै आज नै सांस्कृतिक कार्यक्रम अन्तर्गत डान्स आइडलका केही प्रतिस्पर्धीले आफ्नो छुट्टै प्रस्तुति देखाउने कार्यक्रम रहेको डान्स आइडल संयोजक वरिेन्द्र खाँणले जानकारी दिनु भयो । कलाकारहरुको सांस्कृतिक प्रस्तुति भने भोलीबाट मात्र सुरु हुने छ ।

तयारी पुरा

दशौं कपिलवस्तु महोत्सवको सवै तयारी पुरा भएको छ । मंसिर १८ गते देखि पुस १ गते सम्म बुद्धरंगशाला चारनम्बरमा संचालन हुने महोत्सवको आवश्यक सवै तयारी पुरा भएको आयोजकले जनाएको छ ।
कपिलवस्तु उद्योग वाणिज्य संघले आयोजना गरेको दशौं कपिलवस्तु महोत्सवको तयारी बारे आयोजित पत्रकार सम्मेलनमा महोत्सवका आवश्यक सवै तयारी पुरा भएको संघका अध्यक्ष तथा महोत्सवका संयोजक उमानाथ पौडेलले बताउनुभयो । अध्यक्ष पौडेलले स्टेज निर्माण, स्टल व्यवस्थापन, मूल गेट निर्माण, आकर्षण सचिवालय, कृषि प्रदर्शनी, बाल उद्यान, स्थानीय उत्पादनको प्रदर्शनी तथा प्रवर्धन, सुरक्षा व्यवस्था, कपिलवस्तु डान्स आइडल, खानेपानी, स्वास्थ्य लगाएतका क्षेत्रको सवै आवश्यक काम भईसकेको बताउनुभयो ।

महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न जातजातीको कला सँस्कृतिको प्रदर्शनी, जिल्लामै सवैभन्दा ठुलो बुद्धको मूर्ति प्रदर्शनी, मायादेवी मन्दिरको झल्को दिने सचिवालय निर्माण, कृषि तर्फ नयाँ प्रविधीको प्रयोग र अवलोकन, पर्यटन प्रवर्धनको प्रचार प्रसार जस्ता विषयवस्तु समावेश गरिने छ भने उद्घाटन समारोहमा रोबर्टबाट राष्ट्रिय गानको क्लीक गरेर शुभारम्भ गरिने बताइएको छ ।

“कृषि र पर्यटनमा आधारित उद्योग व्यापार ! समृद्ध र सुखि कपिलवस्तु निर्माणको आधार !! भन्ने मूलनाराका साथ सञ्चालन हुन लागेको महोत्सव विगतको भन्दा फरक हुने कपिलवस्तु उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका निर्देशक रुक बहादुर भुसालले बताउनुभयो ।

महोत्सवमा कृषिजन्य व्यवसाय तथा उत्पादनको प्रवर्धन, पर्यटन प्रवर्धन, संस्कृती प्रवर्धन, आठौ कपिलवस्तु डान्स आईडल, स्थानीय कला संस्कृतीको प्रवर्धन, ख्याति प्राप्त राष्ट्रिय कलाकारको दैनिक प्रस्तुती, विशेष बालउद्यान सहितको मनोरञ्जन पार्क रहने छ ।
यस्तै महोत्सव सम्पन्न गर्नका लागि ३० ओटा विषयगत समिति गठन गरेर काम गरिएको छ । महोत्सवमा ३ सय ४० स्टल रहने संघका वाणिज्य उपाध्यक्ष तथा महोत्सव स्थल तथा स्टल व्यवस्थापन समितिका संयोजक हुमनाथ पौडेलले बताउनुभयो । महोत्सवमा चार लाख दर्शकले अवलोकन गर्ने र १२ करोडको कारोबार गर्ने अपेक्षा लिइएको संघका उपाध्यक्ष छविलाल रेश्मी मगरले बताउनुभयो ।

पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासा तथा प्रश्नमा संघका अध्यक्ष उमानाथ पौडेल तथा निर्देशक रुक बहादुर भुसालले जवाफ दिनुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको प्रमुख अतिथ्यता, संघका अध्यक्ष उमानाथ पौडेलको अध्यक्षता तथा प्रेस सल्लाहकार हरि अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७५ सोमबार ००:००  १ : ३७ बजे