३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

महोत्सवको पूर्व सन्ध्यामा मैत्रीपूर्ण खेल सम्पन्न



मायादेवी अनलाइन, कपिलवस्तु ।
दशौं कपिलवस्तु महोत्सवको पूर्व सन्ध्यामा कपिलवस्तु उद्योग वाणिज्य संघले मैत्रीपूर्ण खेल सम्पन्न गरेको छ । वाणगंगा नगरक्षेत्रका संघसंस्थाका प्रमुख तथा नगरपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरु बीच दुईवटा मैत्रीपूर्ण खेल सम्पन्न भएको हो ।
बुद्धरंगशालामा सम्पन्न एक सय मिटर दौड तथा सटफुट कार्यक्रममा २५ जना प्रतियोगी सहभागी भएका थिए ।
मैत्रीपूर्ण खेलमा १ सय मीटरको दौड तर्फ कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेनले १६ सेकेण्डमा पार गर्दै प्रथम स्थान हासिल गर्नुभएको छ ।
त्यस्तै नगरविकास समितिका अध्यक्ष विष्णु थापाले १७ सेकेण्डमा एक सय मिटरको दौड पारगर्दै द्धितीय हुनुभएको छ भने कपिलवस्तु उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण अधिकारीले १८ सेकेण्डमा तृतीय स्थान हासिल गर्नुभएको थियो ।
यस्तै सटफुट तर्फको खेलमा विष्णु थापा प्रथम, लक्ष्मण अधिकारी द्धितिय तथा वाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँण तृतीय स्थान हासिल गर्नुभएको छ ।
महोत्सवमा सवै संघसंस्थाको सहभागीता रहेकोले आपसी सहकार्य र सहयोगमा थप टेवा पु¥याउने उद्देश्यले मैत्रीपूर्ण खेल आयोजना गरिएको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समारोहका संयोजक उमानाथ पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ मंसिर २०७५ सोमबार ००:००  १ : २८ बजे