८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रदेश स्तरीय अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो



बुटवल ।

प्रत्येक बर्षको डिसेम्बर ३ तारिखको दिन मनाइने  अन्र्तराष्ट्रिय अपाङ्गता दिवस प्रदेश ५ मा पनि मनाइएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्बर ५ कमिटि र सामाजिक विकास मन्त्रालय प्रदेश ५ को संयुक्त  आयोजानमा बुटवलमा प्रदेश स्तरिय २७ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको हो  ।

“अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण र समावेशिता र समानताको सुनिश्चितता’ र राष्ट्रिय   नारा “मलाइ गणना गर, समावेश गर’ भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।

बुटवलको राजमार्ग चौरहाबाट व्याण्ड बाजा सहित सुरु भएको विभिन्न प्रकृतिका अपाङ्गता भएका व्याक्तिहरुको र¥याली मुख्य मन्त्री निवास नजिकै राष्ट्रिय अपाङ्ग महसंघ प्रदेश ५ को कार्यालय परिषरमा गएर सभामा परिणत भएको थियो ।

¥याली पश्चात आयोजना गरिएको सभलाई सम्बोधन गर्दै प्रदेश ५ का समाजिका विकास मन्त्री सुर्दशन बरालले अपाङ्ग मैत्री प्रदेश बनाउनको लागि सबैले हातेमालो गर्नुपर्ने  धारणा राख्नुभयो ।  हरके अपाङ्गता भएका व्याक्तिहरुमा फरक प्रकृतिको क्षमता हुने भन्दै मन्त्री बरालले राज्यले उनीहरुको विशेष क्षमतालाई पहिचान गरी क्षमताको उचित कदर र उचित अवसर प्रदान गर्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

उहाले हजारौ चुनौतिकाको सामान गर्दै व्याक्ति सफल हुने भन्दै उक्त सफलताको पाटोमा अपाङ्गता भएका व्याक्तिहरुको क्षमता साच्चैनै अनुकरणीय भएको बताउनु भयो ।

अपाङ्ग मैत्री कानुन निर्माणको क्रममा प्रदेश सरकार रहेको भन्दै उहाले कानुन कार्यान्वयन संगै अपाङ्ग मैत्री प्रदेश‘प्रदेश नम्बर ५ घोषणा गरिने समेत बताउनुभयो । यसैबिच कपिलवस्तुमा पनि अन्र्तराष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७५ सोमबार ००:००  १ : २४ बजे