३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

जोरपाटीबाट १३ जना जुवाडे पक्राउ



काठमाडौं ।
जोरपाटीबाट प्रहरीले १३ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ नयाँबस्तीमा सञ्चालित पूर्वेली गेष्ट हाउसमा जुवा खेलिरहेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराका राजकुमार तिवारी, काभ्रेका केशब नेपाल, उदयपुरका मानबहादुर मगर, महेशकुमार राई, दीपक राई, हरी तिमल्सिना, सिन्धुपाल्चोकका विशाल सुनार रहेका छन् ।

काठमडौंका नरेन्द्र मिश्र, जोन श्रेष्ठ, चन्दागिरी नगरपालिकाका सुशिल क्षेत्री, शंखरापुरका राजु भ्लोन, खोटाङका युवराज गुरुङ जुवा खेलाउने गेष्ट हाउस सञ्चालक राम कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति साढे १० गेष्ट हाउसमा जुवा खेलाइरहेको भन्ने सूचनाको आधारमा छापा मार्दा जुवाडेहरुले प्रगोग गरेको १६ थान कौडासहित ५ लाख ३१ हजार नेपाली रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई पक्रेको हो । पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार मुद्दा चलाउने तयारी भइरहेको नायव उपरीक्षक चन्दले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ मंसिर २०७५ सोमबार ००:००  ७ : ०१ बजे