३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

चेल्सीको विजय यात्रा जारी, फुलह्याम पराजित



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले फुलह्यामलाई २–० ले हराएको हो ।
पहिलो र दोस्रो हाफमा एक–एक गोल गरी चेल्सीले जित निकालेको हो । उसका लागि पेड्रो र रुबेन लोफ्टस–चिकले गोल गरे । पेड्रोले चौथो मिनेटमा नै गोल गर्दै सुरुवाति अग्रता दिलाए ।
जितपछि तेस्रो स्थानको चेल्सीले १४ खेलबाट ३१ अंक भएको छ । ऊ दोस्रो स्थानको लिभरपुल भन्दान पाँच तथा शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा सात अंकले पछि रहेको छ । पुछारको फुलह्यामको ८ अंक छ ।
यस्तै प्रिमियर लिग फुटबलमा गयराति आसंनलले जित निकालेको छ ।पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको आर्सनलले घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई ४–२ ले हराएको हो । आर्सनल सबै प्रतियोगितामा गरेर पछिल्ला १९ खेलमा अपराजित रहेको छ । जितपछि चौथो स्थानमा उक्लिएको आर्सनलको १४ खेलबाट ३० अंक भएको छ । ३० अंक नै भए पनि टोटनह्याम पाँचौँ स्थानमा झरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७५ सोमबार ००:००  ४ : १३ बजे