३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

बार्सिलोना भिल्लारियललाई हराउँदै शिर्ष स्थानमा



एजेन्सी ।
बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा भिल्लारियलमाथि जित निकाल्दै बार्सिलोना पुनः शीर्ष स्थानमा फर्किएको हो । लियोनल मेस्सी कप्तानीको बार्सिलोनाले भिल्लारियललाई २–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा जेरार्ड पिके र कार्लस एलेनाले गोल गरे ।
उसमान डेम्बेलेको सहयोगमा ३६ औँ मिनेटमा पिकेले गोल गर्दै टिमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । खेल सकिन तीन मिनेट बाँकी हुँदा कप्तान मेस्सीको सहयोगमा एलेनाले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।
जितपछि १४ खेलबाट २८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । राति नै भएको खेलमा एलाभेससँग १–१ को बराबरीमा रोकिएको सेभिल्ला एक अंकले पछि पर्दै दोस्रो स्थानमा झरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७५ सोमबार ००:००  ४ : ०९ बजे