३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कपिलवस्तु महोत्सवमा बृद्धबृद्धा र अशक्तलाई गज्जबको सम्मान



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा पर्सी मंगलबारबाट जितपुरको बुद्ध रंगशालामा हुन लागेको १० औँ कपिलवस्तु महोत्सवमा अपाङ्गता भएका र अशक्त वृद्धवृद्धालाई लाइनमा बस्न नपर्ने भएको छ ।
विगतका बर्षहरुमा भएका महोत्सवमा स साना बालबालिका, अपाङ्गता भएका र अशक्त वृद्धवृद्धाले दुख पाउने गरेको गुनासो आएको हुनाले यसपाली उनीहरुलाई कुनै दुख नहुने गरी व्यवस्था मिलाइएको हो ।
अवस्था हेरिकन उनीहरुलाई लाइनमा बस्न नपर्ने गरी भित्र प्रवेशको व्यवस्था मिलाइएको महोत्सवका निर्देशक रुक बहादुर भूषालले जानकारी दिनु भयो । यस्तै महोत्सवमा दर्ता भएका पुरै स्टल धनी र मनोरंजनका लागि राखिएका पिङ लगायत सबैमा बीमा गरिएको आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७५ सोमबार ००:००  २ : ३७ बजे