३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

काँचो प्याजका फाइदै फाइदा, के हो पढ्नुहोस



काठमाडौँ ।

खानाका परिकारमा अथवा सलादका रुपमा खाइने प्याज स्वास्थ्यका लागि पनि निकै लाभदायक छ । कतिपय मानिसहरु त प्याजलाई चटनी अथवा चाटका रुपमा पनि खाने गदर्छन् । तर काँचो प्याज खानु पनि स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

सल्फर, एमिनो एसिड, एन्टीवायोटिक्स, फाइवर, क्याल्शियम, आयोडीन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरुले भरिपूर्ण काँचो प्याजको सेवनले गम्भीर बिरामीहरुलाई जरैदेखि हटाउने क्षमता राख्दछ ।

– कब्जियत

प्याजमा रहेको रेशादार तत्व पेटको बिरामीका लागि फाइदाजनक छ । हरेक दिन एक काँचो प्याज खानाले कब्जियत र एसिडिटीको समस्या हराएर जान्छ । यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ ।

– ब्लडप्रेशर

काँचो प्याजमा रहेको मिथाइल सल्फाइड र अमिनो एसिडले ब्लडप्रेशर कन्ट्रोल गर्नमा मद्वत गर्दछ । हरेक दिन एक काँचो प्याज खानाले उच्च रक्तचाप ९ हाई ब्लडप्रेशर०लाई नर्मल राख्दछ ।

– किड्नी स्टोन

हरेक दिन बिहान नियमित रुपमा खाली पेटमा दुई चम्मच प्याजको रस पिएमा यसले किडनी स्टोनको समस्या सधैँका लागि दूर गरिदिन्छ ।

– डायविटिज

काँचो प्याज खानाले शरीरमा ईन्सुलिन बन्छ । हरेक दिन एक काँचो प्यान या यसको रसको सेवनले डायविटिजलाई जरैदेखि निर्मुल पार्छ ।

– घाटीको समस्या

रुखाखोकी, कफ तथा सामान्य ज्वरोलाई नियन्त्रण गर्न प्याजको रशमा मह मिलाएर पिउन सकिन्छ । यसले रुघाखोकीलाई केही मिनेटमै दूर गरिदिन्छ ।

– एनीमिया

हरेक दिन एक काँचो प्याज खानाले शरीरमा रगतको मात्रा कम हुन दिदैँन । यसका साथै प्याजमा पाइने तत्वले रोग प्रतिरोधात्मक क्षमता पनि बढाँउने गर्छ ।

प्रकाशित मिति : १७ मंसिर २०७५ सोमबार ००:००  २ : २९ बजे