३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कांग्रेस गुल्मीको जिल्ला सम्मेलन स्थगित



गुल्मी ।
नेपाली कांग्रेस गुल्मीको मंसिर २० र २१ गतेका लागि तोकिएको जिल्ला सम्मेलन सरेको छ । जिल्ला कार्यसमितिको बैठकको निर्णयबाट सम्मेलन सार्ने गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमार्फत कांग्रेसले जानकारी दिएको छ ।
मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म हुने महासमितिको भेलालाई मध्यनजर गर्दै सम्मेलन सारिएको जिल्ला सचिव खिलध्वज पन्थीले बताउनुभयो । नयाँ मिति अनुसार आगामी पुस २८ र २९ गते सम्मेलन गर्ने तय भएको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।
बिधानअनुसार प्रत्येक वर्ष गर्नुपर्ने सम्मेलन विभिन्न कारण लामो समयदेखि हुन सकेको छैन । सम्मेलनको उद्घाटन गर्न पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा र वरिष्ठ नेताहरुसमेत आउने बताइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७५ सोमबार ००:००  २ : २१ बजे