३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

ब्राजिलियन स्टार खेलाडी नेइमार चोटग्रस्त



एजेन्सी । 

पेरिस सेन्ट–जर्मेन (पिएसजी)का ब्राजिलियन स्टार खेलाडी नेइमार चोटग्रस्त भएका छन् । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति बोर्डक्ससँगको खेलको क्रममा नेइमार चोटग्रस्त भएर मैदानबाट बाहिरिएका हुन् ।

२–२ को बराबरी भएको खेलमा नेइमारले टिमका लागि ३६ औँ मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए । तर पछि चोटग्रस्त भएर उनी मैदानबाट बाहिरिन बाध्य भए ।

उनको तिघ्रा (थाइ) को मसल च्यातिएको छ । उनी मैदानबाट बाहिरिएपछि उपचार लिएका थिए । २६ वर्षे नेइमारको चोट त्यति गम्भीर जस्तो लाग्दैन । तर अवस्था के हो र उनी कहिलेसम्म मैदान फर्किन सक्छन् भन्ने बारे परीक्षणपछि मात्रै थाहा हुने क्लबले जनाएको छ ।

उनी चोटका कारण केही समय मैदान बाहिर रहेर च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलसँगको खेलमा मैदान फर्किएका थिए । गएको बुधबार भएको खेलमा नेइमारसहितको गोलमा पिएसजीले लिभरपुललाई २–१ ले हराएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७५ सोमबार ००:००  २ : १८ बजे