३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

संवैधानिक परिषद्को बैठक बस्दै, को बन्ला प्रधानन्यायाधीश !



काठमाडौं ।
नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषदको बैठक आज बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार बैठक बिहान ११ बजे बोलाइएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेदर हदका कारण आगामी पुस १७ गते अवकास पाउँदैछन् ।
आजको बैठकले संसदीय सुनुवाईका लागि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नेछ । न्यायपरिषद्ले एकसाताअघि नै प्रधानन्यायाधीशका लागि दुईजना वरिष्ठतम न्यायाधीश सिफारिस गरेको छ । ती दुईमध्येबाट एकजनालाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्नुपर्नेछ । न्यायपरिषद्ले न्यायाधीश चोलेन्द्रशमशेर जबरा र दीपकराज जोशीलाई सिफारिस गरेको हो ।
प्रधानन्यायाधीशमा सिफारिसका लागि सर्वोच्च अदालतमा तीनवर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्नेछ । तीनजना पठाउनुपर्ने व्यवस्था भए पनि सर्वोच्चमा तीन वर्ष काम गरेका अर्का न्यायाधीश नभएका कारण दुईजना मात्रै पठाइएको हो ।
तीमध्ये पनि जोशीलाई यसअघि नै संसदीय सुनुवाई समितिले अस्वीकृत गरिसकेको छ । प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष तथा सदस्यहरुमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख र कानुनमन्त्री रहनेछन् ।

प्रकाशित मिति : १७ मंसिर २०७५ सोमबार ००:००  २ : १६ बजे